मधेश प्रदेशमा सर्वदलीय बैठक बोलाउने तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशको प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक सदस्य गरी अहिले प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । मधेशमा अघिल्लो प्रदेशसभामा सातवटा दल थिए भने

मंसिर ४ को निर्वाचन पछी मधेश प्रदेशमा अहिले १० पुगेका छन् । मधेशमा अघिल्लो प्रदेशसभामा सातवटा दल थिए दलको संख्या बढेपछि त्यसको व्यवस्थापन गर्न सचिवालयका कर्मचारीहरू जुटेका छन् । सकभर मधेश भवनमा नै सबैको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।

उनले भने, ‘मधेस भवनमा नै सबैलाई संसदीय दलको कार्यालय उपलब्ध गराउने प्रयास भइरहेको छ, दलहरूले पनि त्यसमा सहयोग गर्नुपर्ने हुन्छ । पहिला नै प्रयोग गर्दै आइरहेका कार्यालयहरूमा सबैलाई व्यवस्थापन गर्ने तयारी छ । पहिला कसैले चारवटा कोठा प्रयोगमा ल्याइरहेका थिए भने अब दुईटामा मात्र चित्त बुझाउनु पर्ने हुन्छ । कसैले तीनवटा प्रयोग गरिरहेका थिए भने दुईटा वा एउटामा पनि चित्त बुझाउनु पर्छ ।’

काँग्रेस र एमालेलाई पहिलाका तुलनामा अहिले फराकिलो कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ भने अन्य दलहरुलाई दुई–तीनवटा कोठा भएको कार्यालय भएपनि पुग्ने उनले बताए । यो व्यवस्थापनमा सबै दलको सहयोगका लागि सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए । यो हप्ताभित्र सबै दलीय बैठक बसाएर कार्यालय व्यवस्थापनको काम टुंगो लगाउने उनले बताए ।

दलहरुमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट, कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ र जनमत पार्टी प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ, माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी आठ तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी ७ सिट प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट प्राप्त गरेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...