पंकजलाई छुटाउन उनको बुवाले अदालतमा हाले मुद्दा

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
औरही नगरपालिका १ की नेहा र रामगोपालपुर ५ का डा. पंकजबीच गत फागुनमा विवाह भएको थियो । नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र सुनचाँदी गरी करोडौँ दाइजो दिएको थियो । तर दाइजो कम भएको भनेर नेहालाई यातना दिदै
घरबाट निकाले पछी निकालिएकी नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र सासुसहित उनका परिवारका ६ जनामाथि घरेलु हिंसा र दाइजो विरुद्धको मुद्दा दर्ता गराईन पंकज पक्राउ परे तर ससुरा, सासू सहित अन्य सबै फरार छन् । फरार रहेकै अवस्थामा पंकजका बुवा रामप्रवेशले छोरालाई छुटाउन बिहीबार अदालत पुगेर बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराए ।

घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका हुन् ।

पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेहा भने ससुरा, सासुसहित दाइजोको निहुँमा यातना दिने सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै दुई दिनदेखि आन्दोलनरत थिइन् ।

आन्दोलनका क्रममा सवारी साधन तोडफोड गरेको आरोपमा नेहा र उनकी सहयोगी कुमारी आमा निहारिकालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लियो । अहिले उनीहरू पनि प्रहरी हिरासतमै छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...