आज्ञा खबर
जनकपुरधाम: महोत्तरी क्षेत्र नम्बर १९ख० बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार माओवादीका साहले ८ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामश्रेष्ठ महतो प्रतिद्वन्द्वी जसपाका रामश्रेष्ठ महतोले ५ हजार ८ सय ७१ मत ल्याएको हो ।
मधेस प्रदेशका गृहमन्त्री साह पुनः निर्वाचित

© 2023: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech