स्वतन्त्र उम्मेदवार पाेषणकाे साथ छाड्दै युवा

आज्ञा खबर

महोत्तरी 

स्थानीय तह निर्वाचनमा बर्दिबास नगरपालिका स्वतन्त्र उम्मेदवारलाई जिताउन विशेष भूमिका खेलेका यूवाहररुको एक समूहले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार पाेषण थापालाई नसघाउने भएका छन् । उक्त समूह नै मंगलकार कांग्रेसमा फर्किएकाे छ । कांग्रेसबाटै अलग्गिएका उनीहरू पुनः पार्टी मै फर्किएका हुन् ।

फर्किने युवाहरूमा आशुतोष झा, प्रकाश बस्नेत, विकास राई, गुञ्जबहादुर विश्वकर्मा, अक्कल राई, भीमप्रसाद घिमिरे, अम्बर श्रेष्ठ, विवेक गौतम, गोपाल मोक्तान, मलिराम भारती, सुरेश भट्टराई, चन्द्रप्रसाद आचार्य, केशव घिमिरेलगायतका छन् ।

उत्साहित हुँदै स्वतन्त्रलाई समर्थन गरी मेयरमा निर्वाचित गराए पनि नेतृत्वले सोचेअनुरुप काम नगरेपछि कांग्रेसमै फर्किएको उनीहरूले बताए । ‘विगतका नेतृत्वले कमजोरी गरे भनेर स्वतन्त्रलाई जिताइयो । तर, नगरवासीका समस्या समाधानतर्फ नेतृत्व नलागेको सर्वत्र गुनासाे छ ।’ कांग्रेसमा फर्किएका प्रकाश बस्नेतले भने, ‘अहिले फेरि संघ र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रका नाममा अक्षम उम्मेदवार खडा गरिएकाले हामी पुनः कांग्रेस नै फर्किएका हौं, हामीलाई विश्वास छ अरु साथी पनि चुनावसम्म कुर्नुहुन्छ जस्तो लाग्दैन ।’

बर्दिबास नगरपालिकामा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर प्रह्लाद क्षेत्रीको समर्थनमा महोत्तरी १ बाट प्रतिनिधिसभामा उम्मेदवारका रुपमा पाेषण थापा उठेका छन्  ।कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणले पार्टीमा पुनः फर्किएका सबै युवाहरुलाई स्वागत गरिन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...