गौशाला नगरपालिकाकी उपमेयर भन्छिन्– गिरिराजमणी पोखरेल नै हाम्रा विश्वास हुन्

आज्ञा खबर

महोत्तरी

गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेल नै आफूहरूको भरोसा भएको बताएकी छन् ।

क्षमतावान् उम्मेदवारको हिसावले पोखरेल नै अवस्था भएको बताउँदै अवस्था हेरेर समर्थन गर्ने तयारी गरेको उनको भनाइ छ ।

ञपोखरेलले जितेपछि नगरको समुन्नतीमा बलियो सहयोग पुग्नेमा विश्वस्त रहेको छु,’ उनले भनिन्, ’स्वास्थ्य र शिक्षामा गौशाला पछाडी परेको छ यस्लाई उहाँले सम्बोधन गर्नुहुनेछ ।

जसपाबाट निर्वाचित भएकी महतो अहिले जसपाप्रति त्यति सन्तुष्टि छैनन् । नगरपालिकामा नगरप्रमुख र उनको असमझदारीले दूरी बढदै गएको स्थानीय बताउँछन् ।

नेकपा एमाले र जसपाको गठबन्धन भएपछि प्रतिनिधिसभाको टिकट पाउन जसपाका नेता लक्ष्मी महतो एमाले प्रवेश गरेका छन् भने प्रदेशसभामा क्षेत्र (ख) मा भने जसपाको नै उम्मेदवार छन् ।

क्षेत्र नम्बर १ (क) प्रदेशसभा र प्रतिनिधिसभामा भने नेकपा एमालेको भागमा परेको छ । घरदैलो अभियानका क्रममा पोखरेललाइ आज उपमेयर महतोले सहयोग गर्ने आस्वासन दिएकी थिइन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...