महोत्तरीमा मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम । महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ ।

युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो ।

उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...