आज्ञा खबर
पर्सा
पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै टिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । ना.८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुडेको थियो ।
सो तारबाट चुहिएको करेन्ट लागेर मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ घर भएका ४५ वर्षीय नागेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ड्राइपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना।४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षका सिकेन्द्र प्रसाद यादव घाइते भएका छन् ।
उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिए । दुर्घटना गराउने टिपर चालक फरार छन् ।





































