बर्दिवास
महोत्तरी क्षेत्र नम्बर १ का स्वतन्त्र प्यानलका प्रतिनिधि सभा सदस्य पदका उमेदवार पोशन थापाले नगरिकको हक अधिकार बिकास , सुशासन र नागरिककालागि आफु जुनसुकै समयमा पनि लडन तयार रहेको बताएका छन। महोत्तरीको बर्दिवास नगरपालिका ३ पाटुमा नागरिक संगको सम्बाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले आफु लामो समय सम्म राष्ट्र सेबक कर्मचारी भएर कामगरी नागरीकको सेवा गरेको हुनाले नागरीकको समस्यालाई नजिकबाट बुझेको हुनाले यातायात सेवा कार्यालय बर्दिवासको प्रमुखको पद छोडेर चुनाब लडेको प्रस्ट पारे। उनले देशमा ब्याप्त भ्रष्टाचार अराजकता शुशासन बेरोजगारी समस्याले नागरीक पिल्सिएकाले अहिले नागरिकको घर दैलोमा भोट माग्न जादाँ पनी यो बाटो बनाई दिनुस , हामे टोलमा एतिवटा चापाकल गाडिदिनुस अथवा मसंग एति भोटछ यहाँ यतविटा ईनार खनाई दिनुस, यति पैसा दिनुस म संग यति भोट छ भन्ने बानी को बिकास भएको बताए।
उनले महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनित्व गर्ने राजनितिक दलका नेताले तिन कार्यकाल जितेर नागरिकलाई शैक्षिक हबको आश्वासन दिएपनी सामुदायिक बिद्यालय धारासायि हुँदै गएको र प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराएको हुनाले शिक्षाको गुणस्तर दिन प्रतिदिन जिर्ण बन्दै गएकाले अपेक्षित नतिजा नआएको बताए । थापाले आफु कुनैदलको कार्यकर्ता नभएको हुनाले कसैले पनि कुनै काम नगर भन्ने दवाब र प्रभाबमा कामगर्नु नपर्नै प्रस्ट पारे। उनले स्वतन्त्रले आफ्नो योजना अनुसार कामगर्ने भएकाले कसैको अंकुश नलाग्ने जिकिर गरे ।
यसैगरी महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभाका सदस्य युबराज पोखरेलले प्रतिनिधि सभा प्रदेशसभा र स्थानिय तह गरी तिनैतहमा महोत्तरी क्षेत्र नम्र १ का नागरिकले बिजयी गराए यस क्षेत्रमा बिकासको मुल फुटने बताए । उनले हिजो जितेका जन प्रतिनिधिले बिकासमा नाममा नगरिकलाई झुक्याएका कारणले देशैभरी स्वतन्त्रको लहर चलेको प्रस्ट पारे।
बर्दिवास नगारपालिकामा स्वतन्त्र उमेदवार प्रलाद क्षेत्रीको प्यानल बिजयी भएपछी नगरमा बिकासको मुल फुटेको छ यहाँ शिक्षा, स्वास्थ्य खानेपानी लगायतमा नागर्किको अपेक्षा अनुसार बिकास हुनुको साथै नगरको पहिलो नगर सभाबाट १४ वटै वडालाई एक करोड बिकास निर्माणकालागि बजेट बिसनयोजन गरीएको छ । जुन बिगतको ५ बर्षको तुलना बराबर भएको नगरपालिकाको दाबी छ। साथै नगरले यस क्षेत्रको १७ वटा सडक कालो पत्रका लागि तयारी थालेको छ ।
