महोत्तरी क्षेत्र नम्बर १ का बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय घोषण गरेका छन । पार्टीको आग्रहलाई मानेर उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ ।

‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटव्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । तर, कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको खड्काको भनाई छ।

महोत्तरी १ (क) मा गठबन्धनका दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबाट सुरेश राउत र लोसपाबाट पिताम्बर महतोले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

दुवै उम्मेदवारहरुको आफूहरू गठबन्धनको साझा उम्मेदवार भएको दाबी छ । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर तय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ ।

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि उमेदबारी दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिपबहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो ।

प्रत्येक दलवाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योन्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...