आज्ञा खबर
बर्दिबास,
नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रमु साहले स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान थालेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका स्वच्छ युवाहरुलाई जिताउन मधेसका जिल्लाहरुमा साहले आफ्नो सक्रियता बढाएको हो ।
नेकपा एमालेका मधेस प्रदेशका पूर्व सहईन्चार्ज समेत रहेका साहले शनिवार महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारहरुसँग भेटघाट गरेका छन् । स्वतन्त्रबाट जितेका बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीलगायतको समूह र स्वतन्त्र उम्मेदवारसँग साहले भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा महोत्तरी क्षेत्र नं १९क० बाट स्वतन्त्र उम्मेदवार बनेका युवराज पोखरेल र महोत्तरी क्षेत्र नं १९क० बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद महतो तथा उनीहरुको समर्थकहरुको उपस्थिती रहेको थियो ।
सोही भेटघाटबीच महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार पोषण थापा, महोत्तरी क्षेत्र नं १९क० का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार युवराज पोखरेल र महोत्तरी क्षेत्र नं १९क० का प्रदेशसभा सदस्यका स्वतन्त्र प्रत्यासी प्रमोद महतोलाई जिताउने खाका तयार भएको बैठकमा उपस्थित एक सहभागीले बताए ।
उनका अनुसार जिल्लाका अन्य क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।
