नगरका पिछडिएका नागरीकको जिबन स्तर उठने काम गरीरहेको मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रलाद कुमार क्षेत्रीले नगरक्षेत्रको बिकासकालागि आफुलाई नगरवासीले जिताएकाले नगरको बिकास र समृद्धिका लागि आफु सधै दत्तचित्त भई लागिरहेको बताएका छन। महोत्तरी क्षेत्र नम्बर १ को क्षेत्री प्यानल स्वतन्त्र उमेदवारका सहकर्मीहरुसंगको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले देश ब्यापिरुपमै स्वतन्त्रको लहर चलिरहेकै समयमा देश निर्माणको कार्यभार राजनितिक दलका जनप्रतिनिधिले गर्न नसको दल भित्रका नेता कार्यकर्तामा भ्राष्टाचार, नाताबाद ,कृपाबाद जातीबाद ,अवसरवाद लगायका ब्यक्तिगत स्वार्थपुर्ण अवस्थालाई नियाल्दै त्यसलाई चिर्न आफ्नो प्यानलले महोत्तरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभामा समेत उमेदवारी दिएको प्रस्ट पारे ।

उनले नगरका पिछडिएका नागरीकको जिबन स्तर मथि उठन नसकेकाले त्यसलाई उठाउन काम गरीरहेको र केहि समय भित्रै कामको परीणाम देखिने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्रका उमेदवार पोशन थापाले मान्छे कुराले भन्दापनी कामले महान हुने भएकाले अबका दिनहरुमा कुरा गरेर झुटा सपना देखाउने भन्दा पनी नागरिकको जिबन स्तर माथि उठाउने नेताको आवश्यकता रहेको प्रस्ट पारे। थपाले नागरिकको बिश्वास आफ्नो प्यानलमा रहेकाले आफुले उमेदवारी दिएको बताए । यसैगरी महोत्तरी क्षेत्र नम्वर १ क का प्रदेशसभा सदस्य का उमेदवार युबराज पोखरेलले हिजोका दिनमा जेब्रा घोडालाई बिजयी गराउने प्रतेक नगरबासी प्रती आफु र आफ्नो प्यानलले ईमन्दारीता पुर्बक उनिहरुको जिबन बदल्ने खालको काम गर्ने बताएा उनले कामगर्न नसकेका भ्रष्टहरुलाई नागरिकले हिजोपनी पाखा लगाएको र अब पुनह लगाउने दिन आएको आवश्यता औल्याए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...