आज्ञा खबर
बर्दिवास
छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई स्वावलम्बन तथा पारस्पारिकताका आधारमा एकीकृत गर्दै महिलाहरुको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासका लागि स्थापित महोत्तरीको बर्दिवास १ स्थित महिला केन्द्र बहुउद्देश्य सहकारी संस्थाले मंगलवार १९औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। २०६० सालमा २५ जना महिला शेयर सदस्यहरु मिलेर २५ हजार शेयर पुँजीमा सञ्चालनमा ल्याईको यस संस्थामा हाल २९ सय ५९ शेयर सदस्यका १ करोड् ८ लाख शेयर पुँजी रहेका छन। त्यसैगरी संस्थाले आर्थिक बर्ष २०७८÷७९ सालमा ९ करोड् १२ लाख ऋण लगानी गरेको छ। त्यस्तै संस्थाले गत आर्थिक बर्षमा ६ करोड् ९५ लाख बचत संकलन शेयर सदस्यहरुबाट गरेको महिला केन्द्र बहुउद्देश्य सहकारी संस्थाले ५० लाख ४६ हजार नाफा गरेको छ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष सारदा दहालको अध्यक्षतामा भएको साधारण सभामा असल ऋणी असल बचतकर्ता लगायतलाई सम्मान गरीएको संस्थाकी अध्यक्ष सारदा दहालले जानकारी दिनु भयो।
