आज्ञा खबर
सिरहा
सिराहाका एक चर्चित व्यवसायीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। लहानमा हिरो मोटरसाइकलको साेरुम, कृष्णा ज्वेलरी र आइएमई मनी ट्रान्सफर सञ्चालन गरिरहेका लहान–१ का करिब ५३ वर्षीय रामआशिष महतोको शव मोटरसाइकल साेरुम रहेको घरको चौथो तल्लामा झुन्डिएको अवस्थामा बुधबार राति भेटिएको हो।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार भित्रबाट ढोकाको चुकुल लागेकाले भेन्टिलेसन फुटाएर हेर्दा झ्यालको पर्दाको डोरीमा झुन्डिएको अवस्थामा शव भेटिएको हो। महतो झुन्डिएको कोठामा तीन–चार पृष्ठको हस्तलिखित कागजसमेत भेटिएको प्रहरीले जनाएको छ।
लहानका व्यवसायीहरूले एक सफल व्यवसायीको दुःखद निधनको सूक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सुनचाँदी व्यवसाय संघ लहानले संघका कोषाध्यक्षसमेत रहेका महतोको आकस्मिक निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिनका लागि जिल्लाका सुनचाँदी पसल बन्द गरेको छ।





































