धनुषामा हत्या गरेर भागेका आरोपी कतारबाट पक्राउ

[sharethis-inline-buttons]

नुषामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

धनुषा घर भएका राजिवकुमार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।

मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटको क्रममा उनीहरुले धारिलो हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ ।

हत्यापछि फरार भएका मण्डलविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आधारमा कतार प्रहरीले मण्डललाई पक्राउ गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । रातोपाटी

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...