एमाले अध्यक्ष ओलीको स्वागतमा २०५ किलोको माला

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा २०५ किलोको माला लगाइदिएर स्वागत गरीएको छ।
जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सोमबार जनकपुर पुगेका अध्यक्ष ओलीलाई एमालेको नगर कमिटीले माला लगाएको हो। अध्यक्ष ओलीको स्वागतमा २०५ किलोको माला लगाइएको एमाले नगर कमिटीले जनाएको छ।

यससँगै अध्यक्ष ओलीलाई मिथिला चित्रकला पनि उपहार प्रदान गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित संतोष यादव, प्रतिनिधि सभा सदसस्य रुही नाज, प्रदेश सभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

उनीहरूलाई अध्यक्ष ओलीले अबिर लगाएर एमालेमा प्रवेश गराएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...