मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर

धनुषा

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए ।

उले भन्ने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ ।

समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”

प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरीसकेको उनले स्पष्ट पार्नुभयो । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो । रासस

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...