टिकट पक्का गरेर एमाले प्रवेश गर्दै सन्तोष यादव

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहित सयौँ नेता(कार्यकर्ता नेकपा एमाले प्रवेश गर्न लागेका छन् ।

आगामी सोमबार यादवसहितका नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले जनकपुरधाममा आयोजना हुन लागेको बृहत् पार्टी प्रवेश कार्यक्रममा एमालेमा भित्र्याउन लागेका हुन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेको तर्फबाट प्रदेशसभा सदस्यका लागि टिकट पाउने पक्कापक्की भएपछि उनले कांग्रेस परित्याग गर्न लागेको स्रोतले जनाएको छ ।

 

यादव पार्टी प्रवेशअघि नै एमालेले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागीसमेत हुन थालेका छन् । शुक्रबार एमालेका सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव, शिवशंकर साह ुहीराुलगायतका नेताहरू सहभागी कार्यक्रममा यादव पनि देखिएका थिए ।

कांग्रेसले प्रदेशसभामा धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को ९ख० का लागि प्रत्यक्षतर्फ आफ्नो नाम सिफारिस नगरी जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस गरेपछि यादवले कांग्रेसप्रति असन्तुष्टि जनाएका छन् ।

उनले कार्यकर्ताका लागि कांग्रेस उपयुक्त पार्टी नभएकोले परित्याग गर्न लागेको बताए । सोमबार उक्त क्षेत्र नम्बर–४ का करिब पाँच हजार नेता(कार्यकर्ता कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने उनले दाबी गरे ।

यादव कांग्रेसको १४औं अधिवेशनमा शेरबहादुर देउवा समूहबाट धनुषाको सभापति पदका उम्मेदवार थिए । उनलाई कांग्रेस नेता विमलेन्द्र निधिनिकट योगेन्द्र पजियारले दोस्रो राउन्डमा पराजित गरेका थिए ।

२८ फागुन २०७८ मा भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका थिए ।

दोस्रो चरणको मतदानमा दुई हजार आठ सय १४ मत खसेको थियो । पजियारले एक हजार सात सय ३५ मत पाएका थिए भने यादवले एक हजार ४६ मत पाए । त्यसअघि यादव कांग्रेस धनुषाको सचिव हुँदै उपसभापतिसम्म पुगेका थिए ।