सर्पको टोकाईबाट एक महिलाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
हरिवन नगरपालिका–११, बालुवाटार बस्ने एक महिलाको सर्पको टोकाईबाट ज्यान गएको छ ।३५ बर्षकी श्याम कुमारी महतोको विषालु गोमन सर्पको टोकार्इबाट ज्यान गएको प्रहरीले जनाएको हो महतोलाई सोही स्थानका भिम प्रसाद दाहालको घरमा लेबरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।

लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्‍याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

जिल्लाको नवरपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...