प्राविधिक शिक्षा आजको आवश्यकता : अध्यक्ष यादव

[sharethis-inline-buttons]

आज्ञा खबर
बीरगंज
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । मधेश विश्व विद्यालय स्थापना उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले अहिलेको वैज्ञानिक युगमा प्राविधिक शिक्षाको बढी माग रहेकोले सामान्य शिक्षा भन्दा पनि आजको शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

यस विश्व विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु कहिँ पनि भौतारिनुपर्ने अवस्था नरहोस् भन्ने खालको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ थियो । विकसित मुलुकहरुमा काम गर्न जाँदा डिग्री भन्दा पनि कुन काम सक्ने क्षमता बढी अर्थ राख्ने गरेकोले यहाँका शिक्षालाई पनि डिग्री भन्दा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए ।

यस मुलुकमा सरकारले सञ्चालन गरेको सरकारी स्कुल, कलेजहरुको हालत के छ रु समय अनुसार परिवर्तन हुन सक्यो कि सकेन रु भन्ने अनुगमन गर्ने हो भने यहाँको स्कुलहरुमा अहिले आधारभुत शिक्षाहरु ध्वस्त भइसकेका छन्, सरकारी विद्यालयह बर्बाद भइसकेका छन्, यहाँबाट उत्पादित बालबालिकाहरुसँग डिग्री ठूलो तर काम गर्न सक्ने केही छैन भन्दै यादवले हाम्रो मुलुकमा सबैभन्दा कमजोर शिक्षा क्षेत्र नै रहेकोले यो मुलुकको भविष्य के हुने हो भन्ने सहजै अनुमान लगाउन सकिने बताए ।