आज्ञा खबर
रौतहट
रौतहटको कटहरिया नगरपालिका–९ लाई धुवा चुल्हो मुक्त बनाउन ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले ‘धुवा चुल्हो मुक्त अभियान’ चलाउँदै आएका छन् ।
कटहरिया स्थित तराई मधेस जनयुद्ध शहीद स्मृती प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बीचमा ५५० घर परिवारलाई ग्यास सिलिडन्र तथा चुल्हो वितरण गरिएको हो ।
पछिल्लो निर्वाचन सहले धुवा चुल्हो मुक्त अभियान अन्तरगत ग्यास सिलिडन्र तथा चुल्हो वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अभियान अन्तरगत सो कार्यक्रम हुदै आएको छ ।
ग्यास चुल्हो तथा सिलिन्डर वितरण संगै अब कटहरिया नगरपालिका पनि धुवाँ चुल्हो मुक्त नगर बन्ने निश्चित भएकोमा साहले खुशी व्यक्त गरेका छन् ।
।





































