सिरहाबाट लागूऔषधसहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका ३ रजखोर टोल बस्ने २२ वर्षीय राजपति यादव रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यादवलाई नरहा गाउँपालिका ३ नयाँ चौहर्वा चौक स्थित लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। उनको साथबाट स ५ प ५०७७ नम्बरको मोटरटरसाईकल सहित कोडिवेल नामक लागूऔषध ८८ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...