आज्ञा खबर
धनुषा
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिको नाम धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभा चुनाबकालागी समानुपातिक तर्फबाट सिफारिस भएको छ ।
यसअघि ०७४ सालको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेको र त्यसको जानकारी उनले पार्टी सभापति शेरबहादुर देउवालाई गराइसकेका उनी निकट एक नेताले जनाए ।





































