आज्ञा खबर
सप्तरी
सप्तरीमा राहदानी बनाउन वा नवीकरण गराउन छ महिना लाग्ने गरेको छ।
राहदानीको लागि जिल्ला प्रशासन कार्यालयको परिसरभित्र हप्ताको चार दिन लाइनमै भेटिने सेग्राही भन्छन “मैले आवश्यक कागजातसहितको फाइल जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा पेस गरेको छु महिनाभन्दा बढी भइसक्यो। हप्तैपिच्छे खोजी गर्दा तपाईंको आएको छैन भन्छन्।”
सेवाग्राहीहरु पासपोर्टको लागि भनेर आफूले छ महिनामा तीनवटा फर्म भरिसकेँ पनी रोजगारीबाट बिदा लिएर जिल्ला प्रशासन धाउदा समेत फाँटका कर्मचारीले हरेक महिना नयाँ फर्म मात्रै भर्न लगाउने गरेको गुनासो गर्दछन।
नपुग कागज भनेर फाइल पेस गरेको तीन दिनभित्र कार्यालयले जानकारी गराउनुपर्ने नियम भएपनी फाँटका कर्मचारी नै समयमा कार्यालय नआउने आफ्नो जिम्मेवारीका कामै नगर्ने,” तिरहुतका सुरेशकुमार मुखियाको भनाई छ।





































