सुनचाँदीको मूल्य ताेलामै ८ सयले घट्याे

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।