आज्ञा खबर
महोत्तरी
बर्दिवास नगरपालिका वडा नं. १४ का वडाध्यक्ष अध्यक्ष विजय कुमार महतो नेपाल कुशवाहा कल्याण समाजको महोत्तरीको अध्यक्षमा चयन भएका छन् ।
गौशालामा सम्पन्न समाजको १४ औं जिल्ला अधिवेशनले अध्यक्षमा महतोलाई चयन गरेको हो ।
महताेको नेतृत्वमा २२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
अधिवेशनबाट गठित नयाँ जिल्ला कमिटीको उपाध्यक्षमा सञ्चारकर्मी सुनिता महतो, सचिवमा गजेन्द्र महतो, सहसचिवमा हिरा महतो र कोषाध्यक्षमा रामदुलार महतो चयन भएका हुन् । यस्तै सदस्यहरुमा रामदयाल महतो, गणेश महतो, आशा सिंह लगायत रहेका छन् ।
नेपाल कुशवाहा कल्याण समाजको महोत्तरीका निवर्तमान अध्यक्ष दिनेश्वर महतोको अध्यक्षता तथा समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष एवं समाजसेवी लक्ष्मी महतोको प्रमुख आतिथ्यमा लवकुश जन्मोत्सव समारोह र जिल्ला अधिवेशनको आयोजना गरिएको थियो ।





































