आज्ञा खबर
रौतहट
रौतहटबाट प्रहरीले लागूऔषध बरामद गरेको छ ।
जिल्लाको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारबाट प्रहरीले सो गाजा बरामद गरेको हो।
भारततर्फ लैजाँदै गरेको अवस्थामा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी गाजा फालेर भागेका हुन् ।
गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए ।
गाँजा कारोबारीहरुले १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए । उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





































