मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा हिजो साँझ पैदलयात्रीलाई मोटरसाइकले ठक्करदिदा पैदल यात्रीको ज्यान गएको छ ।
ज्यान जानेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन । उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दाे बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।