महोत्तरीमा ९ जना आर्केष्ट्राबाली प्रहरीको नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
गौशला
महोत्तरीको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा आर्केस्ट्राको आयोजना गरिएकोमा अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा भाडामा ल्याईएको आर्केस्ट्राले दोहोरो अर्थ लाग्ने गीतमा नृत्य गर्ने गौशाला नगरपालिका– ११ कान्तिबजार तथा गौशालाकै निगौलबाट ९ जना महिला कलाकारसहित ३ जना पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

सांस्कृतिक कार्यक्रमको लागि भाडमा ल्याईएको भनिए पनि उनीहरू दोहोरो अर्थ लाग्ने गीतमा नृत्य प्रस्तुत गरिरहेको प्रहरीको भनाइ छ । यता शनिबार राति कलाकारहरूलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै स्थानीय युवाहरूले हुलहुज्जत गर्न खोजेको र कान्तिबजार प्रहरी चौकीमा ढुंगामुढासमेत गरेपछि दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले मुद्दासमेत चलाएको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...