आज्ञा खबर
सप्तरी, सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ ।नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी शसस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका शसस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको शसस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल ६ न। गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
उनले भने, पछिल्लो समय प्रदेश न। १ को सुनसरी र प्रदेश न।२ को सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेको अवस्थामा सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलो परिमाणमा गाँजा बरामद भएको हो ।पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलो गाँजा बरामद गरेको हो ।
शसस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































