जनकपुरधाममा झडप, ९ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
फुटपाथ व्यवसायी र नगरप्रहरीबीच जनकपुरधाममा झडप भएको छ ।

कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न जनकपुरधाम स्थित जानकीचोकमा सडकमा व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।

नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए ।

सोही क्रममा भनाभन भई झडप भएको थियो । नगरप्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ ।

झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...