आज्ञा खबर
काठमांडौ
मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट मध्य नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो ।
साउन २३ मा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसले प्रतिनिधिसभामा १६ सिट पाउने गरीमात्र तालमेल गर्न सुझाव दिएका थिए । मधेस प्रदेशका ८ जिल्लामा ४–४ निर्वाचन क्षेत्र छन् ।





































