धनुषामा बसको ठक्करबाट बालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

धनुषामा बसको ठक्करबाट साईकलमा सवार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका–२ बस्ने लल्कु दासका १३ वर्षीय छोरा विशाल दास रहेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजस्थित मिथिला चोकमा साईकलमा सवार रहेको बालकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भिर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचारको क्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...