आज्ञा खबर
महोत्तरी
बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालको बिचमा १० बुँदे सहमति भएको छ । महोत्तरी क्षेत्र नम्बर १ का संघिय संसद गिरीराजमणी पोखरेलको बिशेश पहल तथा प्रयासमा सो सहमती भएको हो।
पोखरेल शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री भए लगत्तै करिब ३ बर्ष अघि देखि गरेको प्रयत्नले आज सार्थकता पाएको हो । बर्दिबास नगरपालिका का मेयर प्रह्लाद कुमार क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डाक्टर विराज कर्माचार्यले आज एक सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको नेकपा माओबदी केन्द्रका स्थाई कमिटि सदस्य तथा पुर्ब शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि गिरीराजमणी पोखरेलले जानकारी दिनु भयो ।
पोखरेलले यो कार्यक्रम र सहकार्यलाई अगाडि बढाउन तत्कालीन मेयर विदुर कार्कीले लिएको अग्रसरतालाई पनि स्मरण गर्न चाहेको बताउनु भयो ।
धुलिखेल अस्पताल ले सामुदायिक अस्पतालहरूमा छुट्टै छाप छोडेको पोखरेलको भनाई छ। वहाका अनुसार यो सहमति ले चाडैं बर्दिबास अस्पतालमा आईसियू संचालनमा आउनेछ ,त्यसका लागि प्रविधिक सहयोग धुलिखेल अस्पतालको टिमले उपलब्ध गराउने छ । यो सहकार्य बाट धुलिखेल अस्पतालले मधेस प्रदेशमा कार्य प्ररम्भ गरेको र अझ त्यो सेवा बर्दिबास नगरपालिका बाट सुचारु हुनु हामी सबैका लागि खुसीको कुरा हो यस कार्यमा सहयोग गर्ने सबैलाई आफुले धन्यवाद दिन चाहेको । निबर्तमान मन्त्रि पोखरेलको भनाई छ।





































