आज्ञा खबर
रौतहट
रौतहटको गुजरा नगरपालिकामा प्रसूति गृह भवन बनेको तीन वर्ष बिति सक्दा समेतसञ्चालनमा आउन सकेको छैन।
गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासी सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ।
तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि अनुमति भएका कारण स्थानीयलाई प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ। राति सुत्केरी व्यथा लाग्दा समस्या पर्ने उनीहरूको भनाइ छ।
रंगपुर स्वास्थ्य चौकी मातहतमा रहेको रहेको प्रसूति गृह भवन करिब ४१ लाखको लागतमा बनेको हो। ४१ लाखमा तीन कोठे भवन मात्र बनेको र त्यसमै आर्थिक अनियमिता भएको स्थानीयको आरोप छ।
सो भवनमा प्रसूतिगृह सञ्चालनमा नआएका कारण स्वास्थ्य चौकीको सामान्य काम रंगपुर स्वास्थ्य चौकीबाटै हुने गरेको प्रमुख भुपेन्द्र चौधरीले बताए। गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।
रौतहटमा भवन बनेको ३ वर्षमा पनि सञ्चालनमा आएनन् ‘बर्थिङ सेन्टर’
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































