आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराजमा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना गरीएको छ।
राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा रहेको सो कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा उद्यधाटन गरेपछी कार्यालय सञ्चालनमा आएको हो । हाल कार्यालयबाट सवारी धनी प्रमाण र सवारी चालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।
कार्यालयलाई ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठ स्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा प्रदान गर्ने जानकारी दिए ।





































