घरमै पुगेर ज्येष्ठ नागरिकलाई कार्ड नवीकरण

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बराको महागढीमाई नगरपालिका–७ मा ज्येष्ठ नागरिकको सहजताको लागी सामाजिक सुरक्षा भत्ता कार्ड घरघरमा पुगेर नवीकरण गर्ने कामको थालनी भएको छ। वडा कार्यालयमा आएर कार्ड नवीकरण गराउन असहज भएका सबै ज्येष्ठ नागरिकहरुकालागि कार्ड नवीकरण गर्ने योजना ल्याएको महागढीमाई नगरपालिका–७ का वडाध्यक्ष शिवेन्द्रप्रताप सिंहले जानकारी दिए।
उनले आफूले चुनावमा गरेको बाचा पूरा गर्दै घरघरमा पुगेर सेवा सुविधा प्रदानको थालनी गरेको बताए। उनले वडा भित्रको
बेनौली, तेलागई र तेलकुअवा गाउँका अपाङ्गता भएका, ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, बाल पोषण, आदिवासी जनजातिको गरी लगभग डेढ सय सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिएको उनले जानकारी दिए।