सिराहामा एम्बुलेन्सबाट गाँजा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट प्रहरीले सोमबार राति ९० किलो गाँजा बरामद गरेको छ।
प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट सो गाँजा बरामद गरेको हो। एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।
गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...