श्रीमानबाट जलाइएकी महोत्तरीकी प्रमिला सदाको मृत्यु

[sharethis-inline-buttons]

महोत्तरी- श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारकाे क्रममा मृत्यु भएको छ । काठमाडाैं कीर्तिपुरमा उपचारकाे क्रममा प्रमिलाकाे ज्यान गएकाे हाे ।

गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका थिए।

धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टीतेलले प्रमिलाकाे शरीर ७० प्रतिशत जलेको थियो । खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन् ।

६५ वर्षीया रेशमाको शरीरकाे १० प्रतिशत जलेको थियो । दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए ।

शिरिषन्युज बाट साभार

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...