श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको वीरगंज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवलाई २३ वर्षीया श्रीमती प्रतिमा कुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा वीरगंजबाट पक्राउ गरिएको छ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको र प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको बताइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...