आज्ञा खबर
बर्दिवास
आइतबारदेखि आन्दोलनरत्त महोत्तरीको बर्दिवास नगरपालिकाका करारका शिक्षकहरुले आज पाँचौदिन समेत पुर्नवहालीको माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गर्दै नारा जुलुश गरेका छन् ।
नगरपालिकाको कामकाज ठप्प पारेका उनिहरुले नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधी तथा कर्मचारीहरुलाई पस्न रोक लगाइएको पीडित शिक्षक भिखारी दासले बताए ।
बर्दिवास नगरपालिकाका पूर्व मेयर विदुरकुमार कार्कीले गत वर्ष ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । निर्वाचित मेयर प्रह्लादकुमार क्षेत्रीले करार शिक्षकहरुको म्याद झुक्कयाएर थप नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरुलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना दिएका थिए ।
यता, बर्दिवास नगरपालिकाका मेयर क्षेत्रीले ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा शिक्षकहरुलाई आउन आग्रह गरेको छ ।





































