आज्ञा खबर
जनकपुरधाम: धनुषा क्षेत्र नं। ३ बाट नेकपा एमालेकी नेत्री जुलीकुमारी महतोले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
एमाले पोलिटब्यूरो सदस्यसमेत रहेकी महतो अगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै धनुषा क्षेत्र नं। ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन्।पूर्वमन्त्रीसमेत रहेकी महतो २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिसँग करिब १५ सय मतले पराजित भएकी थिइन्। २०७४ मा भने उनी समानुपातिकबाट सांसद बनिन्।
महतोले अहिले यहाँको अवस्था विगतभन्दा निकै सहज हुने देखेपछि उम्मेदवारी घोषणा गरेको बताइन्।उनले विगतमा १५ सयभन्दा कम मतले पराजित भए पनि स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको र जनता तथा पार्टीका नेता, कार्यकर्ताहरुसँग राम्रो सम्बन्ध रहेकाले चुनाव लड्न दबाब आइरहेको बताइन्।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले निधिलाई पराजित गरेका थिए।
