लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
अवैध लागूऔषधसहित सिरहाबाट १ जनो पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ८ घर भएका ३४ वर्षीय अर्जुनकुमार महतो रहेका छन् ।

आइतबार महतोलाई शंका लागि चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका २० गोल्छारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका महतोको साथबाट ब्युप्रिनोर्फिन ४७ एम्पुल, फेनारगण ४७ एम्पुल, डाइडिल्याब ४७ एम्पुल, नाइट्रोभेट ६० ट्याब्लेट बरामद गरीएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...