आज्ञा खबर
धनुषा
काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ विरेन्द्रबजारको गोलघर नजिक भएको बस दुर्घटनामा २० जना घाइते भएका छन् । अन्य १५ जना सामान्य घाइते छन् भने ५ जना गम्भीर घाइते भएको
इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेहरुको विरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको छ ।
