आज्ञा खबर
महोत्तरी
महोत्तरी। महोत्तरीको बर्दिबासमा आगलागी भएको छ। सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आई आगो लागेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
बारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन बवँकी छ।
आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए। आगलागीको कारण पत्ता लागेको छैन





































