महोत्तरीमा सर्पको टोकाईबाट एकजनाको ज्यान गयो

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास
महोत्तरीमा सर्पको टोकाईबाट एकजनाको ज्यान गएको छ।
ज्यान जानेमा जिल्लाको बर्दिवास नगरपालिका–४ माईस्थान बस्ने ३२ वर्षीय माईस्थान ऐकेडेमी बोडिङ स्कुलका प्रधाना अध्यापक युवराज श्रेष्ठ रहेका छन।
शनिवार राती आफ्नै घरमा सुतिरहेको समयमा नाम नखुलेको सर्पले टोक्दा उनको ज्यान गएको हो ।

सर्पले टोकेको थाहा पाएपछि उनी उपचारको लागि महोत्तरीको बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि प्रदेशिक अस्पताल जनकपुर रेफर गरिएको थियो । प्रादेशिक अस्पतालमा लग्ने क्रममा बाटोमै उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...