जबरजस्ती करणी गरेको आरोपमा बर्दिवासबाट काका पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
८ वर्षीय बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।

भतिजीलाई आफ्नो कोठामा बोलाई साउन १० गते करिव राति १० बजेको समयमा जबरजस्ती करणीको गरेको आरोप काकामाथि लागेको छ ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आरोपी काकालई पक्राउ गरेको हो ।

पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ । अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले

बालिकाको ठेगानासमेत गोप्य राखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रावलले जनाएका छन् ।

पक्राउ परेका काकालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...