मिटरब्याजीविरुद्ध संघर्ष समिति गठन, आन्दोलन चर्काउने

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मंगलबार मिर्चैयामा बसेको मिटरब्याज घटनाका पीडितहरुको भेलाले संगठित भएर मिटरब्याजविरुद्ध चरणवद्ध संघर्ष गर्न मधेश प्रदेश स्तरीय संघर्ष समिति गठन गरेका छन् ।

सिरहाका मनोज पासवानको संयोजकत्वमा रहेकोे उक्त समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरु छन् । समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

यस्तै, संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । साउन १५ गते आइतबार मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम राखिएको छ ।

साउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।