आज्ञा खबर
महोत्तरी-
महोत्तरीका पत्रकार ललन मण्डललाई दुर्व्यवहार गरी कुटपिट गरिएको छ ।
News24Tv का महोत्तरी समाचारदाता तथा बर्दिवास नगर पत्रकार संजालका अध्यक्ष वर्दिवास नगरपालिका वडा नं ३ गौरीडाडा बस्ने २६ वर्षीय ललन मण्डललाई सोमबार गौशाला बजारमा केहि व्यक्तिहरुले साउन ९ गते निर्घात कुटपिट गरेको छ।
स्थानीय दुई पक्ष बीच लेनदेनको विषयमा भएको विवादको विषयमा भइरहेको झगडाको रिपोर्टिंग गर्न पुगेका मण्डल र उनको सहयोगी अजित चौधरीलाई सर्लाहीको ब्रहमपुरी गाउपालिकाको त्रिभुवन नगर निवासी ४२ वर्षीय संजय रौनियार , गाैशला बस्ने ४१ वर्षीय अशोक यादव र ४२ वर्षीय वित्त यादवले कुटपिट गरेको पीडित पत्रकार मण्डलले बताएका छन् ।
मण्डलले साउन ९ गते नै इलाका प्रहरी कार्यालयमा आफू माथि कुटपिट गर्ने विरुद्ध उजुरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय गौशलाका सइ त्रिभुवन साहले जनाएअनुसार आरोपित मध्ये संजय रौनियारलाई BR06 PE 1723 नम्बरको भारतिय सकारपिओ गाडी सहित साउन ९ गते साँझ नै नियन्त्रण लिएको र अन्य फरार रहेकोले खोजतलास भइरहेको बताए ।
यसैबीच पत्रकार सम्बद्ध संघसंस्थाहरुले घटनामा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानुनी कार्वाहीको माग गरेको छ।
शिरिष न्युजबाट साभार