आज्ञा खबर
सिरहा
पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
शनिबार साँझ सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २–०१–००१ च ०३२७ नम्बरको पिकअपले १३ वर्षीया बालिकालाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको बताईएको छ।