चट्याङ लागेर वीरगन्जमा एक जनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर

पर्सा :वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...